नेपाल-श्रीलंका अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी

हिमाल प्रेस १९ जेठ २०८० ११:२४
8
SHARES
नेपाल-श्रीलंका अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी

काठमाडौँ– नेपालको भुक्तानी नेटवर्क फोनपे र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो सहकार्यपश्चता श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा क्यूआर भुक्तानी गर्न सक्नेछन्।

त्यसैगरी श्रीलंका जाने नेपाली नागरिकले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी उता क्यूआर भुक्तानी गर्न सक्नेछन्। फोनपे वा लंकापेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका व्यक्तिले यी दुई सञ्जालका मर्चेन्टहरूमा क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन्।

फोनपेका प्रमुख कार्यकारी अधिकृ सापकोटाले यो सहकार्यले नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्ने बताए।

लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले यो साझेदारी श्रीलंका र नेपालमा डिजिटल भुक्तानीमा ठूलो क्रान्ति भएको बताए।

प्रकाशित: १९ जेठ २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =