एमालेको सचिवालय बैठक शुक्रबार

हिमाल प्रेस १८ जेठ २०८० १२:१६
4
SHARES
एमालेको सचिवालय बैठक शुक्रबार फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) ले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको हो।

उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ। एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो।

प्रकाशित: १८ जेठ २०८० १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =