माग सम्बोधन नभएपछि विद्यालय बन्द गर्ने कर्मचारीको घोषणा

हिमाल प्रेस १७ जेठ २०८० १७:५५
1.2k
SHARES
माग सम्बोधन नभएपछि विद्यालय बन्द गर्ने कर्मचारीको घोषणा

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै विद्यालय बन्द गरेर विरोधमा उत्रने घोषणा गरेका छन्। परिषद् केन्द्रीय समितिको बैठकले चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने घोषणा गरेको हो।

परिषद्ले जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको ताला चाबी बुझाएर सम्पूर्ण विद्यालय कर्मचारीहरू सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिने, जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौँकाे भद्रकालीमा रिले अन्सन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुनजेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।

विद्यालयका कर्मचारीले पूर्ण सेवासुविधासहित पेशागत स्थायीत्वको विषय नेपाल सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा उल्लेख भएको तर बजेटमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

 

प्रकाशित: १७ जेठ २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =