आगामी आर्थिक वर्षमा सरकारले नयाँ सवारी साधन खरिद नगर्ने घोषणा

हिमाल प्रेस १५ जेठ २०८० १६:५९
6
SHARES
आगामी आर्थिक वर्षमा सरकारले नयाँ सवारी साधन खरिद नगर्ने घोषणा

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा नयाँ सवारी साधन खरिद नगर्ने घोषणा गरेको छ। सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सवारी साधन खरिद नगरिने बताएका हुन्।

‘नयाँ सवारी साधन तथा फर्निचर र फर्निचिङ खरिद गरिने छैन,’ अर्थमन्त्री महतले भने। उनले आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने बताए। अर्थमन्त्री महतले नेपाल सरकारले अनिवार्य रुपमा प्रतिनिधित्व गर्ने बाहेकका वैदेशिक भ्रमणलाई रोक लगाइने पनि बताए।

उनले बजेट निर्माण गर्दा समृद्धि,सुशासन र सामाजिक न्याय कायम गर्ने कुरा ध्यान दिइएको दाबी गरे। उनले हरित अर्थतन्त्र विकास गर्ने र युवालाई मुलुकभित्र व्यवसाय गर्न उत्प्रेरणाा गर्ने उन्मुख बजेट भएको दाबी गरे।

प्रकाशित: १५ जेठ २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =