फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने

हिमाल प्रेस १५ जेठ २०८० १६:०५
12
SHARES
फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘द सेक्रेट्स अफ राधा’ आगामी भदौ २९ गते पुनः प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक सुवर्ण थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ २९ मा ‘राधा’ पुनः प्रदर्शन गर्ने लागेको जानकारी दिएका हुन्।

‘आदरणीय दर्शक महानुभावहरू अष्ट्रेलिया, नर्थअमेरिका र यूरोपको सफल प्रदर्शन एवं विभिन्न राष्ट्रिय अन्तरर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागितापछि हामीले ‘द सेक्रेट्स अफ राधा’लाई तपाईहरूको सामु ल्याउने जमर्को गरेका छौँ,’ निर्देशक थापाले लेखेका छन्, ‘आशा छ यो अवसरमा तपाईहरूले हाम्रो साथ दिनुहुनेछ।’

गत वर्ष भदौमा प्रदर्शन भएको फिल्म तीन दिनमै हलबाट बाहिरिएको थियो। शो वितरणमा विभेद भएको भन्दै निर्माण टिमले फिल्म हलबाट उतारेका थिए। फिल्ममा सृष्टि श्रेष्ठ, दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १५ जेठ २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =