आज ‘राधा’को विशेष सो हुने

हिमाल प्रेस २७ चैत २०७९ १२:३१
6
SHARES
आज ‘राधा’को विशेष सो हुने

काठमाडौँ- आज (सोमबार) फिल्म ‘द सेक्रेट्स अफ राधा’को विशेष सो हुनेछ। काठमाडौँ, जमलस्थित विश्वज्योति सिनेमा हलमा फिल्म दिउँसो ४ बजे देखाइनेछ। सुवर्ण थापाको निर्देशन रहेको फिल्म गत भदौ १० मा प्रदर्शनमा आएको थियो।

फिल्मले कम सो पाएको भन्दै निर्माण टिमले उतिखेर प्रदर्शनमा रोक लगाएको थियो। भदौ १४ मा फिल्म निर्माण टिमले पत्रकार सम्मेलन गरेर फिल्मको प्रदर्शन स्थगित गर्ने घोषणा गर्‍यो। दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाए पनि फिल्म भदौ १५ देखि हलबाट हटेको थियो।

त्यसपछि निर्माण टिमले ‘राधा’लाई देशभर एकैचोटिभन्दा पनि क्षेत्रीय स्तरमा प्रदर्शनमा ल्याउने घोषणा गर्यो‍। त्यसपछि निर्माणपक्षले बेलाबेलामा विशेष सो आयोजना गर्दै आएको छ। फिल्म ‘राधा’को तस्बिर ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको थियो। फिल्ममा सृष्टि श्रेष्ठ, दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ। यस फिल्मबाट सौगात मल्लले फिल्म निर्माणमा हात हालेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =