चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्‍चालन गर्न ६० वटा शिक्षण संस्थालाई आसयपत्र प्रदान

हिमाल प्रेस १४ जेठ २०८० १४:२६
4
SHARES
चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्‍चालन गर्न ६० वटा शिक्षण संस्थालाई आसयपत्र प्रदान

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले विभिन्न कार्यक्रम सञ्‍चालन लागि ६० वटा शैक्षिक संस्थालाई आशयपत्र प्रदान गरेको छ। आयोगले नर्सिङ, सामान्य चिकित्सा, रेडियोग्राफी, फिजियोथेरापी, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रम सञ्चालनका लागि शिक्षणसंस्थालाई आशयपत्र प्रदान गरेको हो।

आयोगले काठमाडौँका दुईओटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय समेत गरेको छ। काठमाडौँ मोडेल अस्पताल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज र मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्स लाई नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको छ।

आयोगले चिकित्सा शिक्षा नीति, जनशक्ति प्रक्षेपण र चिकित्सा शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई स्वीकृत गरिसकेको छ। आयोगको जेठ ८ गते बसेको बैठकले ४३ करोड ४२ लाख रुपैयाँको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
यसका साथै आयोगले स्नातक तह अध्ययनका लागि २०७९ सालमा ७०१ जना, स्नातकोत्तरका लागि २६६ र फेलोसिपका लागि ५ जनाले विदेश जाने अनुमतिपत्र लिएको जनाएको छ।

विदेशबाट चिकित्सा शिक्षामा स्नातक अध्ययनका लागि ४०६ जना र स्नातकोत्तरका लागि १५ जना विदेशी विद्यार्थी नेपाल आएका छन्। स्नातक तह अध्ययनका लागि माल्दिभ्सबाट ३ जना, भारतबाट ३८८, नेपालीमुलका अमेरिकी नागरिक एक जना र श्रीलंकाका ९, र इन्डोनेसियाबाट ३ जना विद्यार्थी नेपाल आएको चिकित्सा शिक्षा आयोगले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८० १४:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =