नर्सिङ अध्यापन गर्न थपिए दुई प्रतिष्ठान

हिमाल प्रेस २९ फागुन २०७९ १७:२४
56
SHARES
नर्सिङ अध्यापन गर्न थपिए दुई प्रतिष्ठान

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातक तहमा नर्सिङ अध्यापन गर्ने अनुमति दिएको छ।

आयोग कार्यकारी समितिको बैठकले पहिलो पटक दुई प्रतिष्ठानलाई स्नातक तहमा वीएससी नर्सिङ र वीएनएसको कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको हो।

आयोगले आगामी शैक्षिक सत्रमा नर्सिङ अध्यापनका लागि २०- २० वटा सिट संख्या निर्धारण गरेको छ।

आयोगले देशभर वीएनएस, वीएससी नर्सिङ र मिडवाइफ्रीका लागि २ हजार ७९० सिट संख्या निर्धारण गरेको छ। आयोगले वीएनएसका लागि जम्मा १ हजार ३१० सिट, वीएससी नर्सिङका लागि १ हजार ३५० सिट र मिडवाइफ्रीका लागि १३० सिट निर्धारण गरेको छ।

आयोगले सबैभन्दा बढी वीएनएसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई १२० सिट निर्धारण गरेको छ भने न्याम्सलाई वीएससीका लागि ४० सिट र मिडवाइफ्रीका लागि ४० सिट निर्धारण गरेको छ।

गत वर्ष ३ हजार १० सिट तोकिएका यी विषयमा यसपटक २२० सिट घटेको छ। गत वर्ष वीएनएसमा १ हजार ४५० सिट र वीएससी नर्सिङमा १ हजार ४६० सिट तोकिएको थियो। गत वर्ष मिडवाइफ्रीका लागि १०० सिट मात्र तोकिएको थियो भने यटपटक ३० सिट थपिएको छ।

स्नातक तहमा नर्सिङ अध्यापन हुने कलेज र सिट संख्या :

१. अल्का अस्पताल, वीएनएस, २० सिट
२. एसियन फाउन्डेसन अफ एजुकेशन एण्ड रिसर्च प्रा.ली, वीएनएस २० सिट, वीएससी २० सिट
३. बिएण्डबी मेडिकल इन्स्टिच्युट, वीएनएस ४० सिट, वीएससी २० सिट
४. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
५. बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल नर्सिङ कलेज, वीएनएस ४० सिट
६. बिराट मेडिकल कलेज, वीएससी २० सिट
७. विराटनगर नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ४० सिट
८. वीरगन्ज नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ३० सिट
९. चरक एकेडेमी, पोखरा, वीएनएस २० सिट, वीएससी २० सिट
१०. चितवन मेडिकल कलेज, वीएनएस ४० सिट, वीएससी ४० सिट
११. कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटल, वीएससी ४० सिट
१२. देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्सीच्युट, वीएससी २० सिट
१३. एभरेस्ट कलेज अफ नर्सिङ, वीएनएस २० सिट, वीएससी २० सिट
१४. गण्डकी मेडिकल कलेज, वीएनएस ३० सिट, वीएससी ३० सिट
१५. हाम्रो स्कुल अफ नर्सिङ, वीएससी २० सिट
१६. होप इन्टरनेशनल कलेज, वीएनएस २० सिट, वीएनएस २० सिट
१७. इनोभेटिभ कलेज अफ हेल्थ साईन्स प्रा.लि, वीएनएस २० सिट
१८. जानकी मेडिकल कलेज, वीएनएस २० सिट
१९. जेएफ इन्सीच्युड अफ हेल्थ साईन्स, वीएनएस ३० सिट, वीएससी २० सिट
२०. कान्तिपुर एकेडेमी अफ हेल्थ साईन्स, वीएनएस २० सिट, वीएससी २० सिट
२१. कर्णाली एकेडेमी अफ हेल्थ साईन्स, वीएनएस २० सिट, मिडवाइफ्री १० सिट
२२. काठमाडौँ मेडिकल कलेज प्रा.लि, वीएनएस २० सिट, वीएससी ४० सिट
२३. काठमाडौँ मोडेल हस्पिटल स्कुल अफ नर्सिङ, वीएनएस ४० सिट, वीएससी २० सिट
२४. केयु स्कुल अफ मेडिकल साइन्स, वीएनएस ३० सिट, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
२५. कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, वीएनएस २० सिट, वीएससी २० सिट
२६. ललितपुर नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
२७. मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्स, वीएनएस २० सिट, वीएससी २० सिट
२८. महाराजगञ्ज नर्सिङ क्याम्पस, वीएनएस ५० सिट, वीएससी ४० सिट, मिडवाइफ्री २० सिट
२९. मणिपाल कलेज अफ मेडिकल साईन्स, बिएससी ४० सिट
३०. मनोमोहन मेमोरियल इन्सीच्युड अफ हेल्थ साइन्स, वीएनएस ४० सिट, वीएससी ४० सिट
३१. नारायणी सामुदायिक हस्पिटल लि, वीएससी २० सिट
३२. नागरिक कलेज अफ हेल्थ साईन्स, वीएनएस ४० सिट, वीएससी २० सिट
३३. नेशनल एकेडेमी फर मेडिकल साइन्स, वीएससी २० सिट
३३. नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स), वीएनएस १२० सिट, वीएस्सी ४० सिट, मिडवाइफ्री ४०
३४. नेशनल मेडिकल कलेज, वीएनएस २० सिट, वीएस्सी २० सिट
३५. नेपाल मेडिकल कलेज प्राली, वीएससी ४० सिट
३६. नेप्लिज आर्मी इन्सीच्युड अफ हेल्थ साइन्स, वीएनएस ४० सिट, वीएससी ४० सिट
३७. नेपालगञ्ज मेडिकल कलेज, वीएससी नर्सिङ २० सिट
३८. नेपालगञ्ज नर्सिङ क्याम्पस, वीएनएस ३० सिट, वीएससी ३० सिट
३९. नोबेल कलेज, वीएनएस २० सिट, वीएससी २० सिट
४०. नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, वीएनएस २० सिट, वीएससी २० सिट
४१. नर्भिक इन्सीच्युड अफ नर्सिङ एजुकेशन, वीएनएस ४० सिट, वीएससी २० सिट
४२. ओम हेल्थ क्याम्पस प्राली, वीएनएस ४० सिट, वीएससी २० सिट
४३. पोखरा नर्सिङ क्याम्पस, वीएनएस ४० सिट, वीएससी ४० सिट
४४. पोखरा एकेडेमी अफ हेल्थ साइन्स, वीएनएस २० सिट, वीएससी २० सिट
४५. पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ हेल्थ साइन्स, वीएनएस ४० सिट, वीएससी ४० सिट
४६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीएनएस २० सिट, वीएससी २० सिट
४७. सान इन्सीच्युड अफ नर्सिङ, वीएससी २० सिट
४८. शिर मेमोरियल कलेज अफ नर्सिङ, वीएससी २० सिट
४९. स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स (एसएचएएस), बीएनएस २० सिट, बीएससी २० सिट
५०. श्री मेडिकल एण्ड टेक्निकल कलेज, वीएनएस ४० सिट, वीएससी २० सिट
५१. युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटल, वीएनएस ४० सिट, वीएससी ४० सिट
५२. यती हेल्थ साइन्स एकेडेमी, वीएनएस २० सिट, वीएससी २० सिट

प्रकाशित: २९ फागुन २०७९ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =