चिकित्सा शिक्षा डीएम/एमसीएच एकीकृत प्रवेश परीक्षाको आवेदन खुला

हिमाल प्रेस २१ असार २०८० २०:२८
6
SHARES
चिकित्सा शिक्षा डीएम/एमसीएच एकीकृत प्रवेश परीक्षाको आवेदन खुला

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ डीएम/एमसीएच/एनबिएमएस-एसएसका एकीकृत प्रवेश परीक्षाको आवेदन खुला गरेको छ। आयोगले सूचना जारी गर्दै असार २१ गते बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

आयोगले प्रवेश परीक्षा साउन २० गते सञ्चालन गर्ने जनाएको छ। परीक्षा त्रिवि इन्जिनियरिङ क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा अपरान्ह २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। आयोगले विषयगत आधारमा कलेजको सिट समेत निर्धारण गरेको छ।

प्रकाशित: २१ असार २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =