‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट सरकार पछि हट्न मिल्दैन’

हिमाल प्रेस १३ जेठ २०८० १५:४९
‘भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट सरकार पछि हट्न मिल्दैन’

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट सरकार पछि हट्न नहुने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्णरूपमा टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन्।

पछिल्लो समय यस प्रकरणको अनुसन्धानलाई कमजोर पार्ने चर्चा चलेको भन्दै उनले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन नसके जनताले नै आन्दोलन गर्ने अवस्था सिर्जना हुने बताए।

खनालले उक्त प्रकरणमा संलग्न कुनै पनि अपराधी छुट्न नहुने र कोही निर्दोष फस्न नहुने बताए।

प्रकाशित: १३ जेठ २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =