भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन गरिँदै

हिमाल प्रेस ३० वैशाख २०८० ८:०१
4
SHARES
भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन गरिँदै

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन गरिने भएको छ। बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघसंस्थाले भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका छन्।

शनिबार संघीय राजधानी काठमाडौं लगायत पोखरा, विराटनगर, भैरहवा, सिन्धुलीमाडी लगायत विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

अमेरिका पठाइदिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलेको काण्डमा पूर्वमन्त्रीदेखि विभिन्न सरकारी अधिकारीहरु पक्राउ पर्न थालेपछि देशैभर भ्रष्टाचार विरुद्ध अभियान चलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =