भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : लुम्बिनीका मुख्यमन्त्री

हिमाल प्रेस ३० वैशाख २०८० २०:४९
4
SHARES
भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : लुम्बिनीका मुख्यमन्त्री

घोराही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर समाचार आएको भन्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन्।

नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सो प्रकरणमा आफू कतै पनि नजोडिएको दाबी गरे। सञ्चारमाध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे।

मिडियालाई बलियो बनाउन प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो। पत्रकारको पेसागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पु¥याउन प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले स्मरण गराए।

रेडियोको सबलीकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतको सहभागिता थियो। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =