टीआरसी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : रमेश लेखक

हिमाल प्रेस ७ जेठ २०८० १७:३९
2
SHARE
टीआरसी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : रमेश लेखक कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गरिने बताएका छन्।
आइतबार काठमाडौँमा १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाललगायत संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडोभन्दा चाँडाे निस्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे। चालु अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरू सधैँका लागि निस्कर्षमा पुर्‍याइने उनकाे भनाइ थियाे।

प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकबारे कानुन तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने बताए।

‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ। संसदबाट हामीले समितिमा पठाएका छौँ। समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ,’ उनले भने, ‘यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ। भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ।’

बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाललगायत संक्रमणकालीन न्यायसँगसम्बन्धी विषय र विधेयक चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउने लेखकको भनाइ थियो।

प्रकाशित: ७ जेठ २०८० १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =