टीआरसी विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन

हिमाल प्रेस ५ जेठ २०८० १४:४८
6
SHARES
टीआरसी विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक। फाइल तस्बिर : रासस

काठमाडौँ- संक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन गरिएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकले ११ सदस्यीय उपसमिति गठन गरेको हो।

उपसमितिलाई तीन हप्ताको समय दिइएको छ। उपसमितिमा सुवासचन्द्र नेम्बाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर रहेको समिति सभापति (ज्येष्ठ सदस्य) मंगलप्रसाद गुप्ताले बताए।

उनका अनुसार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता तथा सरोकारवालाहरूसँग छलफल गरी दफावार छलफलसमेत गर्नेछ।

समिति सभापति गुप्ताले उपसमितिले आफ्नो संयोजक आफैँ चयन गर्न सक्ने र आफ्नो कार्यविधि आफैँ निर्णय गर्न सक्ने बताए।

प्रकाशित: ५ जेठ २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =