सेनाका महिला कर्मचारीलाई निःशुल्क स्यानिटरी प्याड

हिमाल प्रेस २ जेठ २०८० १९:४६
588
SHARES
सेनाका महिला कर्मचारीलाई निःशुल्क स्यानिटरी प्याड जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाका महिला कर्मचारीलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने भएको छ। सेनाले महिला सैनिक, कर्मचारी तथा छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको हो।

प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ को लक्ष्यअनुसार स्यानिटरी प्याड निःशुल्क वितरण गरिने नेपाली सेनाले जानकारी दिएको छ। कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्नेसम्बन्धी व्यवस्थाअनुरूप कल्याणकारी कार्यअन्तर्गत उक्त व्यवस्था गरिएको सेनाको भनाइ छ।

यसका लागि सेनाको कल्याणकारी निर्देशनालयले आफ्नो उत्पादन कारखाना स्थापना गरेको छ। कारखानाबाट प्रतिव्यक्ति मासिक १६ वटा स्यानिटरी प्याड वितरण गर्ने गरी उत्पादन सुरु भइसकेको सेनाले बताएको छ।

स्यानिटरी प्याड उत्पादन कारखाना स्थापनाका लागि माछापुच्छ्रे बैंकले सैनिक कल्याणकारी निर्देशनालयलाई मेसिन उपलब्ध गराएको छ। यस्तै नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकले पनि प्याड उत्पादनका लागि सहयोग गरेका छन्।

प्रकाशित: २ जेठ २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =