‘सञ्जय गौतम आमरण अनशन बसेको बारे सरकारको ध्यान जाओस्’

हिमाल प्रेस १ जेठ २०८० १३:३९
18
SHARES
‘सञ्जय गौतम आमरण अनशन बसेको बारे सरकारको ध्यान जाओस्’

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरूको मागको सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएका छन्।

जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गर्नु परेको उल्लेख गर्दै उनले अरु सांसदहरूले आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराएका हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

गिरिले सरकारले सबै सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनसननै बस्न बाध्य नपारोस भनि चेतावनी दिए।

‘यो गरिमामय संसद्‌मा एउटा वरिष्ठ सांसद सञ्जय गौतम आमरण अनसनमा बस्नु भएको छ। हामी सुन्ने गर्थ्यौँ बीपी कोइराला राष्ट्रहितका लागि ३० दिन आमरण अनसनमा बस्नु भएको थियो। तमाम अनसन बस्नेहरू राष्ट्रका लागि बस्नुपर्ने थियो,’ उनले भने, ‘आज आएर यही संसद्का सांसद सञ्जय गौतम आफ्नो क्षेत्रको केही चिज पनि सदनमा पटकपटक कुरा राख्दा पनि सरकारले वास्ता नगरेर आज जब्धी पुलमुनि १५ सुत्रीय माग राखेर आमरण अनसन बसेका छन्। अव यो क्रमश मैले भनौ अव यो मुलुकका धेरै चिजहरू बन्नुपर्ने नजिककै नगरकोटको बाटो बन्दैन। जब्धी पुल बन्दैन। उदयपुरको त्रियुगा पुल बन्दैन। संखुवासभाको अरुणपुल बन्दैन, चार लेनबाट दाङको बन्दैन। अरु आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन। आज ३ दिन भयो सांसद सञ्जय गौतम अनसन बस्नु भएको। अब भोलि नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनसन बस्नु भएको छ भनेर सुन्न नपरोस। पर्सी दिपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस्।’

प्रकाशित: १ जेठ २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =