बीपी राजमार्ग एकतर्फी सञ्चालन

हिमाल प्रेस १ जेठ २०८० ११:३७
36
SHARES
बीपी राजमार्ग एकतर्फी सञ्चालन बीपी राजमार्गको मंगलटार नजिकै लेदोमा पुरिएका गाडी। तस्बिर : भवनाथ आचार्य

काठमाडौँ– बीपी राजमार्गको मंगलटार नजिकै कालढुंगामा सोमबार लेदो खसेर अवरुद्ध भएको सडक एकतर्फी रूपमा खुलाइएको छ। वर्षापछि आएको बाढीमा मिसिएर आएको लेदोले पुर्दा बिहानैदेखि सडक अवरुद्ध भएको थियो।

सडक अवरुद्ध हुँदा केही बेर सवारीसाधान आवागमन अवरुद्ध भएको थियो। लेदो आउँदाआउँदै पनि अगाडि बढ्न खोज्दा गुडिरहेका चारवटा गाडी लेदोमा पुरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

खहरेबाट आएको भलमा लेदो मिसिएको थियो। लेदो छलेर जबर्जस्ती अघि बढ्न खोज्दा ती गाडी पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी रूपमा सञ्चालन आइसकेको जानकारी दिएको छ। प्रहरीका अनुसार पुरिएका गाडी पनि निकाल्ने प्रयास भइरहेको छ।

प्रकाशित: १ जेठ २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =