‘प्रहरीलाई काम गर्न दिऊँ, ढिलोछिटो सबै अपराधी समातिन्छन्’

हिमाल प्रेस ३१ वैशाख २०८० १७:२७
34
SHARES
‘प्रहरीलाई काम गर्न दिऊँ, ढिलोछिटो सबै अपराधी समातिन्छन्’ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन नेपाल सरकारसँग माग गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन्।

‘कुनै पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन। अहिले खासगरी पछिल्लो समयमा प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ। उसलाई काम गर्न दिऊ,’ उनले भने, ‘अहिले सरकारसँग पनि र नागरिक समाजसँग र सञ्चार जगतसँग हाम्रो आग्रह छ,, स्वतन्त्रतापूर्वक, निष्पक्षतापूर्वक प्रहरीलाई काम गर्ने वातावरण दिउँ। मलाई लाग्छ–ढिलोचाँडो यी सबै मानिसहरू तानिन्छन्। तानिनुपर्छ।’

नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढ्न दिनुपर्ने  उनको भनाइ छ। अध्यक्ष लिङदेनले सो प्रकरणमा संलग्नहरू ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरू कसैले पनि उन्मुक्ति पाउन नहुने दोहोर्‍याए।

‘कसैले पनि उन्मुक्ति पाउनु हुँदैन। भोलि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा खासगरी समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल हुनेछ। संगठनको भावी दिशाको बारेमा पनि छलफल गर्नेछौं,’ उनले भने, ‘मूलरुपमा यही विषयमा छलफल केन्द्रीत हुन्छ। हामीले यही जेठ ४ गते दिनको एक बजे बसन्तपुरमा खासगरी नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर जुन प्रकरण सृजना गरियो।’

प्रकाशित: ३१ वैशाख २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =