बालुवाटारमा तीन दलका शीर्ष नेतृत्वबीच के भयो छलफल?

हिमाल प्रेस ३१ वैशाख २०८० १३:०२
10
SHARES
बालुवाटारमा तीन दलका शीर्ष नेतृत्वबीच के भयो छलफल?

काठमाडौँ- प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने विषयमा छलफल भएको छ।

आइतबार बालुवाटारमा तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने विषयमा छलफल भएको हो।

बैठकमा संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यस्तै सहमतिका साथ नै संसद्लाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल केन्द्रित भएको थियो।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका नेता सुवास नेम्बाङलगायत सहभागी थिए।

प्रकाशित: ३१ वैशाख २०८० १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =