सहरमा आज : नौवटा फिल्मबीच प्रतिस्पर्धा

सुस्मिता बजगाईं ३० वैशाख २०८० ६:३०
62
SHARES
सहरमा आज : नौवटा फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ- आज वैशाख ३० गते। २०८० सालको पहिलो महिना पनि हामीबाट बिदा हुँदैछ। अन्तिम शनिबार भएकाले फुर्सदिलालाई पक्कै पनि मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने चाहना छ। राजधानीमा रहनेका लागि त्यस्ता चाहना पूरा गर्ने अनेकौँ माध्यम छन्।

फिल्म हलमा नेपाली अंग्रेजी र हिन्दीका गरी नौवटा फिल्म प्रदर्शन भइरहेका छन्। नाट्यघरहरूमा विभिन्न नाटक मञ्चन जारी छ। साहित्यका पारखीका लागि पुस्तक विमोचन राम्रो गन्तव्य हुन सक्छ। हाइकिङ गर्नेहरूले उपत्यकाका डाँडाकाँडा पुगेर पनि साप्ताहिक बिदाको उपयोग गर्न सक्छन्। कुनकुन ठाउँमा केकस्ता महोत्सव, फिल्म नाटक, फोटो प्रदर्शनी, पुस्तक विमोचनलगायतका गतिविधि भइरहेका छन त?

अश्वस्थामाको निधारबाट बागमती बग्छ

आज कवि देवव्रतको कविता संग्रह ‘अश्वस्थामाको निधारबाट बागमती बग्छ’को अन्तरसंवाद कार्यक्रम हुँदैछ। कार्यक्रम कालिकास्थानस्थित सर्वनाम थिएटरमा बिहान पौने १२ बजे सुरु हुनेछ।

इन्डिगो इन्कले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा श्रवण मुकारुङ प्रमुख अतिथिका रूपमा उपिस्थत हुनेछन्। कार्यक्रममा वक्ताहरू नारायण अमृत, दीपक सापकोटा, वन्दना ढकाल र सहजकर्ताको भूमिकामा बाबु त्रिपाठी रहनेछन्।

ओजस थिएटरमा ‘मृत्यु कुण्ड’

रातोपुलस्थित ओजस (शैली) थिएटरमा वैशाख २० देखि नाटक ‘मृत्यु कुण्ड’ मञ्चन भइरहेको छ। जेठ १५ सम्म मञ्चन हुने नाटकमा रविन दोङको लेखन र निर्देशन छ।
प्रमोद बाबुको निर्माण रहेको नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप शिवाकोटीलगायतको अभिनय छ।

नाटक बिहीबार बाहेक हरेक दिन बेलुका सवा ५ बजेदेखि मञ्चन हुनेछ। बुधबार र शनिबार दिउँसो १ बजे पनि नाटकको अतिरिक्त सो छ।

पुरानो नाटकघरमा ‘चे इज ब्याक’

सिनामंगलस्थित पुरानो घर थिएटरमा वैशाख १५ गतेदेखि ‘चे इज ब्याक’को मञ्चन जारी छ। अगामी जेठ ७ गतेसम्म चल्ने नाटकका निर्देशक कुन्दन थारु हुन्। नाटकमा द्वन्द्वकालमा अभिभावक गुमाएपछि राजधानीमा डेरामा बस्दै आएका एक पत्रकारको संघर्षको कथा समेटिएको छ।

सुलक्षण भारतीको लेखन रहेको नाटकमा रितेश कार्की, निशा दाहाल, अरुण पौडेल, मोनाली डंगोल, जयराम ढकाललगायत कलाकारको अभिनय छ।  नाटक बुधबा बाहेक हरेक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै आज शनिबार साढे १ बजेको अतिरिक्त सो छ।

सिद्धार्थ आर्ट ग्यालरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। वैशाख ६ गतेदेखि सुरु भएको प्रदर्शनी जेठ ५ सम्म चल्नेछ।
प्रदर्शनीमा भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वप: पौभा च्वमी पुच:ले तयार पारेका परम्परागत र समसामयिक चित्रकला छन्।

डिभोटीका ११ जनाको समूहले परम्परागत र आधुनिक शैलीको पेन्टिङ प्रदर्शनमा राखेका छन् भने स्वप: पौभाले २८ जना कलाकारको थान्का कला प्रदर्शनमा राखेका छन्।

पीपल साक्षी

थापागाउँस्थित मण्डला थिएटरमा आज फिल्म ‘पीपल साक्षी’को च्यारिटी सो हुँदै छ। अपराह्न ४ बजेको सो छ। सामाजिक कथामा आधारित फिल्मका निर्देशक ओम प्रकाश राई हुन्।

फिल्ममा अञ्जन तामाङ, ममिता राई, ललित साउद, अमर लिम्बू, सञ्जु मोक्तान, सुस्मिता श्रेष्ठ, भोले भण्डारी, तुलविक्रम तामाङ, सृष्टि लिम्बूलगायत कलाकारको अभिनय छ।

ओप्सना प्रालिको ब्यानरमा बनेको फिल्म पेमा शेर्पा राइले निर्माण गरेका हुन्। सञ्चमान राईको लेखन रहेको फिल्म ललितसिंह साउदले सम्पादन गरेका छन्।

नौ फिल्मबीच

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘हल्कारा’, ‘ज्याकी’, ‘प्रसाद २’, ‘जारी’ चलिरहेका छन्। हिन्दीमा ‘छत्रपति’ ‘द केरला स्टोरी’, र अंग्रेजीमा ‘एस्टेरिक्स एन्ड ओबेलिक्स : द मिडल किङडम’, ‘गार्डियन्स अफ द ग्यालक्सी’, ‘इभिल डेड राइज’ प्रदर्शन भइरहेको छ।

हल्कारा

फिल्म ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन भइरहेको छ। विक्रम सापकोटाको लेखन र निर्देशन रहेको फिल्म कमेडी जनरामा बनको छ। फिल्ममा गाउँमा चिठी पुर्‍याउने  हल्काराको कथा छ।

महेश त्रिपाठी र विनिता थापामगर मुख्य भूमिकामा रहेको फिल्ममा उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र लबिममा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्म ‘हल्कारा’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीडीसी सिनेमाज, बीएसआर मुभिज, अष्टनारायण हल, सिटीम्याक्स सिनेमा, ‘हल्कारा’ चलिरहेका अन्य हल हुन्।

ज्याकी : आई एम ट्वान्टी वान

वैशाख २१ गतेदेखि देशभर फिल्म हलहरूमा ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शन भइरहेको छ। रेनशा राईको पटकथा र निर्देशन रहेको फिल्म डान्स ड्रामा जनरामा बनेको छ। धीरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बूलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर र लबिममा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, बिएसआर मुभिज, अष्टनारायण हल, ‘ज्याकी’ चलिरहेका अन्य हल हुन्।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा प्रदर्शनरत छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालिमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज र अनुपम मलस्थित सीके सिनेमाजमा ‘जारी’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीडीसी सिनेमाज, बीएसआर मुभिज, अष्टनारायण हल ‘जारी’ चलिरहेका अन्य हल हुन्।

प्रसाद २

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ वैशाख १५ गतेदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ। अन्तरजातीय प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर र सिभिल मल, अनुपम मलस्थित सीके सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘प्रसाद २’ प्रदर्शनरत छ।

छत्रपति

वैशाख २९ गतेदेखि हिन्दी फिल्म ‘छत्रपति’ नेपालका हलहरूमा चलिरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक भिभी विनायक हुन्। फिल्ममा साई श्री निवास, बेल्लमकोन्डा, श्रीनिवास, नुश्रत भरुचा, शरद केलकरलगायतको अभिनय छ। यो फिल्म सन २००५ मा रिलिज भएको दक्षिण भारतीय तलेगु फिल्म ‘छत्रपति’को हिन्दी रिमेक हो।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र लबिममा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालिमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्म ‘छत्रपति’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सिडिसी सिनेमाज, बीएसआर मुभिज, अष्टनारायण हल, सिटीम्याक्स सिनेमा, ‘छत्रपति’ चलिरहेको अन्य हल हुन्।

द केरला स्टोरी

हिन्दी फिल्म ‘द केरला स्टोरी’ वैशाख २२ देखि नेपालमा प्रर्दशन भइरहेको छ। फिल्मका निर्देशक सुदिप्तो सेन हुन्। कमेडी जनरामा बनेको फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी, सिद्धी इदनानीलगायत कलाकार छन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाजमा फिल्म ‘द केरला स्टोरी’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, रञ्जना सिनेपलेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बीएसआर मुभिज, ‘द केरला स्टोरी’ चलिरहेका अन्य हल हुन्।

एस्टेरिक्स एन्ड ओबेलिक्स : द मिडल किङडम

वैशाख २९ गतेदेखि नेपालका विभिन्न हलमा अंग्रेजी फिल्म ‘एस्टेरिक्स एन्ड ओबेलिक्स : द मिडल किङडम’ चलिरहेको छ। फिल्म एडभेन्चर र कमेडी जनरामा बनेको फिल्ममा गुइलिउम क्यानेट, गिल्लेस लेलोचे, भिन्सेन्ट क्यासेल र जोननाथ कोहेनलगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिममा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बौद्धस्थित एफसीयूबीई सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, बीएसआर मुभिज, अष्टनारायण हल र आईएनआई सिनेमाअन्तर्गत लोत्से मलमा फिल्म ‘एस्टेरिक्स एन्ड ओबेलिक्स : द मिडल किङडम’ प्रदर्शन भइरहेको छ।

गार्डियन्स अफ द ग्यालक्सी

मे ५ अर्थात् गत शुक्रबारदेखि नेपालका हलहरूमा अंग्रेजी फिल्म ‘गार्डियन्स अफ द ग्यालक्सी’ चलिरहेको छ। एक्सन एडभेन्चर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा क्रिस प्राट, जो साल्दाना, डेभ बाउटिस्टा, वीन डीजललगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको सो छ।  वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालिमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाज, ‘गार्डियन्स अफ द ग्यालक्सी’ प्रदर्शनरत छ।

विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, बिएसआर मुभिज, अष्टनारायण हल ‘गार्डियन्स अफ द ग्यालक्सी’ चलिरहेका अन्य हल हुन्।

इभिल डेड राइज

अंग्रेजी हरर फिल्म ‘इभिल डेड राइज’ २१ अप्रिलदेखि नेपालका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक ली क्रोनिन हुन्। फिल्ममा एलिसा सदरल्यान्ड, लिली सुलिवान, मोर्गन डेभिसलगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर, सिभिल मल र लबिम मल र बौद्धस्थित एफसीयूबीई सिनेमाजमा फिल्मको सो छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =