‘नेपाल बिजनेस समिट २०८०’ घोषणापत्र जारी

हिमाल प्रेस २८ वैशाख २०८० २१:३९
6
SHARES
‘नेपाल बिजनेस समिट २०८०’ घोषणापत्र जारी

काठमाडौँ- ‘नेपाल बिजनेस समिट २०८०’ घोषणापत्र जारी गरिएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)को आयोजनामा वैशाख २४ गते भएको समिटको १९ बुँदे घोषणापत्र बिहीबार जारी गरिएको हो।

सम्मेलनमा नेपाल सरकार तथा मातहतका निकायका उच्च राजनीतिक एवं प्रशासनिक व्यक्तिहरूबाट प्राप्त प्रतिबद्धता र सहभागीहरूबाट प्राप्त सुझावलाई संश्लेषण गरी घोषणापत्र जारी गरिएको सीबीफीनले जानकारी दिएको छ।

सीबीफीनका अनुसार लगानीका क्षेत्र, कृषि, ऊर्जा, निर्माण, उत्पादन, पर्यटन, वनपैदावार, खनिजलगायत क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन सरल नीतिहरू हुनुपर्ने लगायतका बुँदा घोषणापत्रमा छन्।

त्यस्तै शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने ठोस नीति हुनुपर्ने घोषणापत्रमा उल्लेख छ। वैशाख २४ गते भएको समिटमा नेपाल बिजनेस इन्ष्टिच्यूट र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्य रहेको थियो।

प्रकाशित: २८ वैशाख २०८० २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =