सरकार र निजी क्षेत्रको सहकार्यमा ‘नेपाल बिजनेस समिट’ हुँदै

हिमाल प्रेस १८ वैशाख २०८० २०:५९
4
SHARES
सरकार र निजी क्षेत्रको सहकार्यमा ‘नेपाल बिजनेस समिट’ हुँदै

काठमाडौँ- सरकार र निजी क्षेत्रको सहकार्यमा ‘नेपाल बिजनेस समिट २०२३’ हुने भएको छ। सरकार र निजी क्षेत्रबीचको दुरी कम गर्दै उद्यमी, व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रको मनोबल बढाउन आर्थिक शिखर सम्मेलन हुन लागेकाे आयोजकले बताएकाे छ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाख २४ गते १ दिने सम्मेलन हुने सीबीफीनले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्याहरू समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारणका लागी सम्मेलन गर्न लागिएको बताए।

पछिल्लो वित्तीय चुनौतीले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीचको दुरी बढ्दै जाने सम्भावना रहेको बताउँदै गोल्यानले कृषि, पर्यटन, उर्जा र निर्यात क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने बताए।

त्यस्तै लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी-व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरू समाधान गर्दै थप लगानी भित्र्याउने उनले बताए।

सम्मेलनमा देशभरका करिब ४ सय जनाको सहभागिता रहने आयोजकले बताएको छ। सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले उद्यमशीलता र व्यावसायिक प्रवर्द्धनका लागि बिजनेस समिट आयोजना गरिएको बताए।

सीबीफीनका उपाध्यक्ष राजेश उपाध्यायले सरकार र निजी क्षेत्रको सहकार्यमा हुन लागेको सम्मेलनले अर्थतन्त्रको भिजन डकुमेन्ट तयार गर्ने र यसले जारी गर्ने घोषणापत्र आगामी दिनमा सरकारको नीति तथा कार्यक्रममा समेटिने बताए।

सीबीफीनका अध्यक्ष गोल्यानको अध्यक्षतामा हुने सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आईएफसी)का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिमलगायतका सहभागिता हुनेछ।

सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरू सिर्जना हुने लगायतका अपेक्षा गरिएको छ।

प्रकाशित: १८ वैशाख २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =