पूर्वाञ्चल विश्वविद्यालयमा नबिल बैंकको शाखा निर्माण गरिने

हिमाल प्रेस २७ वैशाख २०८० २०:१४
10
SHARES
पूर्वाञ्चल विश्वविद्यालयमा नबिल बैंकको शाखा निर्माण गरिने

मोरङ- पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा र सभागृह शिलान्यास गरिएको छ। विश्वविद्यालय परिसरभित्र शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र सभागृह शिलान्यास गरेका हुन्।

विश्वविद्यालयका लागि निर्माण गरिने सभागृह ७ सय ५० सिट क्षमताको हुनेछ। विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका साथै गोठगाउँका बासिन्दालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विश्वविद्यालय परिसरमा शाखा कार्यालय स्थापना गर्न लागिएको नबिल बैंकले जानकारी दिएको छ।

साथै बैंकले विश्वविद्यालयका लागि सभागृह निर्माणमा पनि सहयोग गर्ने भएको छ। शिलान्यास कार्यक्रममा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति राईले बैंकले नाफा नहेरी सभागृह निर्माणमा गरेको सहयोगप्रति खुसी व्यक्त गरे।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले तीन महिनाभित्रै पूर्वाञ्चल विश्वविद्यालयमा शाखा कार्यालय निर्माण हुने बताए।

प्रकाशित: २७ वैशाख २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =