भारतमा मिग विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

हिमाल प्रेस २५ वैशाख २०८० १६:५०
4
SHARES
भारतमा मिग विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

नयाँ दिल्ली- भारतको राजस्थानमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। राजस्थानस्थित एउटा घरमा विमान खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सोमबार मिग-२१ सैन्य विमान दुर्घटनामा परेको हो। ‘पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,’ प्रहरी अधिकारी सुधीर चौधरीले भने। घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले बताएको छ। रासस/एएफपी

प्रकाशित: २५ वैशाख २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =