आगामी बजेट दिगो आर्थिक वृद्धिमा केन्द्रित हुने

हिमाल प्रेस २४ वैशाख २०८० १७:३६
2
SHARE
आगामी बजेट दिगो आर्थिक वृद्धिमा केन्द्रित हुने

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट दिगो आर्थिक वृद्धिमा केन्द्रित हुने भएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्न बजेट केन्द्रित हुने बताएका हुन्।

अर्थमन्त्री महतले रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार र स्रोत परिचालनमा प्रभावकारितामा पनि बजेट केन्द्रित हुने जानकारी गराए। आन्तरिक तथा बाह्य कारणले मुलुकको अर्थव्यवस्था खराब रहेको भन्दै मन्त्री महतले आगामी आबको बजेट खर्च गर्ने क्षमता ख्याल गर्दै ल्याइने बताए।

उनले निजी क्षेत्रको मनोबल वृद्धि गर्ने खालको बजेट आउने भन्दै आन्तरिक र बाह्य लगानीका लागि सहज वातावरण बनाइने बताए। मन्त्री महतले उत्पादनमा केन्द्रित हुने, आयात प्रतिस्थापनमा ध्यान दिने, डिजिटल इकनमीलाई प्रवर्द्धन गर्नेलगायत विषय बजेटले विशेष सम्बोधन गर्ने बताए। सामाजिक सुरक्षा कार्यक्रमलाई पनि पुनर्संरचना गर्ने मन्त्री महतले बताएका छन्।

उनले वित्त नीति र मौद्रिक नीतिको सन्तुलन मिलाइने पनि बताए। किसानको आयआर्जनमा ध्यान दिने, कृषिको व्यवसायीकरण, रासायनिक मलको सहज उपलब्धतामा बजेटले जोड अर्थमन्त्रीको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =