‘कठै ऐना हेरी’मा एसिड पीडित बनिन् केकी

हिमाल प्रेस २४ वैशाख २०८० १७:१०
98
SHARES
‘कठै ऐना हेरी’मा एसिड पीडित बनिन् केकी

काठमाडौँ- प्रविशा अधिकारी र मिलन अर्यालको स्वरमा ‘कठै ऐना हेरी’बोलको गीत सार्वजनिक भएको छ। सुजन रेग्मीको शब्द रहेको गीतमा झलक संगीतम र गायक अर्यालले संगीत भरेका छन्। गीतमा संगीत संयोजन झलक संगीतमले नै गरेका छन्।

लक्ष्मण सुनारको निर्देशनमा बनेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी एसिड पीडितको भूमिकामा छिन्। गीतले एसिड आक्रमणबाट महिलाले भोग्नुपरेको समस्या र न्याय पाउन गरिएको संघर्षलाई देखाउन खोजिएको छ।

केकीसहित भिडियोमा मिलन अर्याल, निराजन थापा, सोनु सेढाईं, सुजन रेग्मी, क्रिस्टिना अर्याल, रिवाज गौतम र बाल कलाकार प्रश्ना खड्काको अभिनय छ। निसाल पौडेलले छायांकन गरेको गीतको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन्। गीत नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: २४ वैशाख २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =