प्रधानमन्त्रीलाई एमालेले भन्यो : संसद्‌मा फिल्म हेर्न आतुर छौँ, वाइडबडी, बाँसबारी सबै काण्डको छानबिन गरौँ

हिमाल प्रेस २४ वैशाख २०८० १६:४५
28
SHARES
प्रधानमन्त्रीलाई एमालेले भन्यो : संसद्‌मा फिल्म हेर्न आतुर छौँ, वाइडबडी, बाँसबारी सबै काण्डको छानबिन गरौँ

काठमाडौँ- नेकपा एमालेले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्न सरकारलाई आग्रह गरे। आजबाट सुरु भएको बर्खे अधिवेशनमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले वास्तविक फिल्म आउन बाँकी नै रहेको भनेकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौँ। बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौँ, मातातीर्थको छानबिन गरौँ। यती, ओम्नी र लडाकु शिविर काण्डको छानबिन गरौँ।’

त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन, त्यसमा विभिन्न हिसाबले अर्बौं, कराडौँ दोहोन गर्ने, अन्तर्राष्ट्रिय जगतमा देशको छबिमाथि बिगार्ने काम भयो। यसमा जोडिएका सम्पूर्ण व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

उनले भने, ‘एमालेको तर्फबाट हामी भन्न चाहन्छौँ, हामी आग्रह गर्छौ, सरकारले जिम्मेवारीबोधका साथ यी तमाम घटनाहरूमा सत्यतथ्य पारदर्शी ढंगबाट छानबिन गरोस्। तर हामी सुन्दैछौँ, सरकारको आडमा, सत्तापक्षको आडमा कतिपय हिजो अभियुक्त भनिएर जोडिएका व्यक्तिहरूले गरेका बयान, त्यसका आधारमा समाउनुपर्ने, खोजबीनमा रहनुपर्ने व्यक्ति, उन्मुक्ति दिनका लागि बयानहरू लुकाउने कुराहरू भइरहेका छन्।’

उनले कसैलाई पनि उन्मुक्ति दिने काम गर्नै नहुने बताए।

प्रकाशित: २४ वैशाख २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =