जनताको निराशा हटाउन आशा जगाउने काम गरौँ, भ्रष्टाचारी संरक्षणमा नलागौँ : पदम गिरी

हिमाल प्रेस २४ माघ २०८० १२:३८
4
SHARES
जनताको निराशा हटाउन आशा जगाउने काम गरौँ, भ्रष्टाचारी संरक्षणमा नलागौँ : पदम गिरी फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शैक्षिक सुधार नभएकाले विद्यार्थी बिदेशिनुपरेको बताए।

उनले ‘रूख सुकेपछि चराले पनि छाड्छ’ भनेझैँ नेपालका विद्यार्थी विदेशिएको बताए। उनले रेमिट्यान्स बढेकोमा गर्व गर्नुभन्दा पनि देशमै रोजगारी सिर्जना हुनुपर्ने बताए।

‘हामी विद्यार्थी बेलायत गएकोमा गर्व गर्छौ।’ उनले भने,‘यसरी कतिदिन देश चल्छ?’

उनले देशमा विश्वविद्यालय बन्द हुने अवस्थामा पुगेको उल्लेख गरेका छन्।

‘गेटाजस्ता कलेज सन्चालन हुँदैनन्। सरकार कहिले सम्म देश यस्तो हुन्छ?’ उनले भने,‘यस्तो हालतमा कसले पुर्‍यायो?’ उनले अबको एमालेको लडाइँ संविधान कार्यान्वयनमा केन्द्रित हुने बताए।

‘सरकारले विधेयक पेस गरोस्’ गिरीले भने,‘हामी बहस गर्न चाहन्छौ।’ उनले वर्तमान सरकारले विकास र समृद्धिका मुद्दा ओझेलमा परेको सुनाए।

‘जनताको निराशा हटाउन आशा जगाउने काम गर्नेछौँ।’ प्रमुख सचेतक गिरीले भने,‘हामी विकास निर्माण र स्वाधीनता निर्माणमा लागौँ।’ उनले ओठे भक्तिले देश नबन्ने र देश बनाउन दृढ संकल्प हुनुपर्ने बताए।

प्रकाशित: २४ माघ २०८० १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =