एमाले संसदीय दलको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला चयन

हिमाल प्रेस २८ फागुन २०७९ १६:५६
8
SHARES
एमाले संसदीय दलको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला चयन

काठमाडौँ– नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी चयन भएका छन्। संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन्।

गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन्। आम निर्वाचनपछि एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको थिएन।

गिरी यही सरकारमा स्वास्थ्यमन्त्री पनि बनेका थिए। बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन्।

प्रकाशित: २८ फागुन २०७९ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =