सरकारमा सहभागी हुने कि नहुने निर्णय गर्ने रास्वपाको बैठक सुरु

हिमाल प्रेस २२ वैशाख २०८० १८:०५
10
SHARES
सरकारमा सहभागी हुने कि नहुने निर्णय गर्ने रास्वपाको बैठक सुरु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। सरकालाई दिएको समर्थन फिर्ता लिने वा सरकारमै सहभागी हुनेबारेको निर्णय लिन संयुक्त बैठक बसेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ।

गत सोमबार बसेको रास्वपा बैठकले आज शुक्रबार निर्णायक बैठक राख्ने निर्णय गरेको थियो।

गत मंसिरको चुनावपछि सरकारमा सहभागी भइसकेको रास्वपा पार्टी सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएसँगै सरकारबाट बाहिरिएको थियो। लामिछानेले अहिले प्रक्रिया पुर्‍याएर नागरिकता लिइसकेका छन्।

त्यस्तै वैशाख १० मा भएको उपनिर्वाचनमा लामिछाने पुन चितवन २ बाट निर्वाचित भएर आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई फेरि सरकारमा सामेल हुन आग्रह गरेका छन् भने रास्वपाले प्रधानमन्त्री प्रचण्डको ठोस निर्णयको प्रतिक्षा गरिरहेको छ।

रास्वपाले यसअघि पाएका तीन मन्त्रालय पाउनुपर्नेसहित विभिन्न विषयमा स्पष्ट धारणा आएपछिमात्रै यसबारे निर्णय लिनेपक्षमा छ। प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाबारे ठोस धारणा सार्वजनिक गरिनसकेको अवस्थामा बैठक बसिरहेको छ।

प्रकाशित: २२ वैशाख २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =