लुम्बिनीमा शान्ति र्‍याली (तस्बिरहरू)

विनोद परियार २२ वैशाख २०८० ९:०७
34
SHARES
लुम्बिनीमा शान्ति र्‍याली (तस्बिरहरू)

लुम्बिनी- २५६७ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा शुक्रबार बिहान शान्ति र्‍याली निकालिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्ति र्‍यालीको शुभारम्भ गरेका हुन्।

लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदीप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म र्‍याली गरिएको थियो। मूल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।

समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने सदस्य सचिव सानुराजा शाक्यले बताए।

शुक्रबार नै बुद्धको अस्तुधातु रहेको नवलारासीको रामग्रामममा अस्तुधातु यात्रा गरिने भएको छ। पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्धजयन्ती विशेष समारोहको आयोजना गरिने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए। रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: २२ वैशाख २०८० ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =