पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भन्छन् : मलाई पनि आश्चार्य लागिरहेको छ

हिमाल प्रेस २० वैशाख २०८० १७:५०
190
SHARES
पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भन्छन् : मलाई पनि आश्चार्य लागिरहेको छ टोपबहादुर रायमाझी

अर्घाखाँची- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि रायमाझीले प्रतिक्रिया दिएका छन्। गृह जिल्ला अर्घाखाँचीमा रहेका उनले भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन्।

आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सुनेपछि आफूलाई आश्चार्य लागिरहेको उनले बताए। उनले भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्न नरहेको र आफ्नो नाममा बैंक खाता पनि सरकारले खोलिदिएकोबाहेक अरू खाता नभएको बताए।

‘मलाई पनि आश्चर्य लागिरहेको छ। भुटानी शणार्थीको नाममा गैरभुटानीहरूलाई विदेश लाने भन्ने कुरामा मेरो समर्थन पनि छैन। संलग्नता पनि छैन,’ उनले भने, ‘मेरो चेक भन्नु हुन्छ भने एउटा बैंकमा सरकारले खाता खोलिदिएको छ। एभरेष्ट बैंकमा खाता खोलिदिएको छ। त्यसैमा पैसा हालिदिन्छ, त्यसबाटै कार्डबाट निकाल्ने हो। त्यसबाहेक मेरो अहिलेसम्म खाता पनि छैन।’

आफ्नो छोराको नाममा डेढ करोड रुपैयाँको चेक काटिएको भन्नेबारे उनले त्यो चेक छोराले नलिएको र नसाटेका दाबी गरे। ‘यसमा हाम्रो संलग्नता छैन,’ उनले अर्घाखाँचीमा पत्रकारहरूसँग भने, ‘म अहिले काठमाडौँ जाँदैछु। त्यसपछि बुझेर बताउँछु।’

सांसद रायमाझीलाई पक्राउ पुर्जी : यस्तो छ निलम्बन प्रक्रिया

एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

 

प्रकाशित: २० वैशाख २०८० १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =