सरकारी वकिलको कार्यालयमा टोपबहादुरको अभिवादन र मुस्कान (तस्बिरहरू)

दिपेश श्रेष्ठ १ जेठ २०८० १५:१८
14
SHARES
सरकारी वकिलको कार्यालयमा टोपबहादुरको अभिवादन र मुस्कान (तस्बिरहरू)

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। उनलाई म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो।

त्यसअघि प्रहरीले उनलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगेको थियो। सो कार्यालयमा लैजाँदा रायमाझी मुस्कुराउँदै हात हल्लाउँदै भित्र छिरेका थिए।

उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो।

रायमाझीलाई नेकपा (एमाले) ले यसअघि नै आफ्नो पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =