शनिबार राति नै काठमाडौँ छिरेका थिए टोपबहादुर

हिमाल प्रेस ३१ वैशाख २०८० २१:४५
398
SHARES
शनिबार राति नै काठमाडौँ छिरेका थिए टोपबहादुर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा शनिबार पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी शनिबार राति नै काठमाडौँ छिरेका थिए। वैशाख २० गते पक्राउ पुर्जी जारी भएदेखि नै बेपत्ता रहेका उनी शनिबार मध्यराति नै काठमाडौँ छिरेका र त्यसपछि प्रहरीको विशेष टोलीले पछ्याइरहेको खुलेको हो।

पक्राउ पुर्जी जारी हुँदा वैशाख २० गते रायमाझी अर्घाखाँचीमा विद्यालयको एउटा कार्यक्रममा उपस्थित थिए। त्यसपछि सोही दिन काठमाडौँ आउनका लागि अर्घाखाँचीबाट हिँडेका उनी बुटवलबाट हराएका थिए।

पक्राउ पुर्जी जारी भएपछि प्रहरी महाननिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरलाई फोन गरी रायमाझीले आफै प्रहरीमा उपस्थित हुने र पक्राउ नगर्न आग्रह गरेका थिए। त्यसपछि प्रहरीले पनि उनलाई पक्राउ गर्न चासो दिएन। त्यतिबेला आईजीपी पनि बुटवलमै थिए।

रायमाझीलाई पक्राउ गर्न उनी नजिक पुगेको प्रहरीलाई आईजीपीले फिर्ता बोलाएका थिए। उनी सम्पर्कमा आउने बताएर बेपत्ता भए।

त्योबीचमा प्रहरीले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गर्यो। तर रायमाझी सम्पर्कमा आएनन्। उनले सहयोगीमाफर्त संसद् सचिवालयमा बिरामी भएको निवेदन दिए। निवेदन दिनेलाई पनि ट्र्याक गरेर प्रहरीले पछ्याइरहेको थियो।

वैशाख २७ मा नेकपा एमालेले उनलाई पार्टीबाट निलम्बन गरेको थियो।

शनिबार मध्यराति काठमाडौँ छिरेका उनलाई आइतबार (३१ गते) साँझ सादा पोसाकका प्रहरीले बूढानीलकण्ठको पासीकोटमा एक व्यक्तिको घरमा देखेको हो। त्यसपछि उक्त घरलाई नै घेरा हालेर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

यो पनि

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ

प्रकाशित: ३१ वैशाख २०८० २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + four =