नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ

हिमाल प्रेस ३१ वैशाख २०८० २०:५३
578
SHARES
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ टोपबहादुर रायमाझी

काठमाडौँ- नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित पासीकोटबाट आइतबार साँझ पक्राउ गरेको हो।

‘प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ। अहिले प्रहरी परिसर लगिँदैछ’, गृहमन्त्रीका प्रेस सहयोगी कमल गिरीले भने। वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए। यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भनेका उनले अर्घाखाँचीबाट काठमाडौँ पुगेर अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। तर उनी सम्पर्कमा नआई फरार थिए। उनका छोरा सन्दीपलाई भने प्रहरीले सोही दिन बुटवलबाट पक्राउ गरेको थियो। ‍सचिव रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पक्राउ पर्नेको संख्या १३ पुगेको छ। पक्राउ पर्ने अन्यमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, गोविन्द चौधरी छन्।

उक्त प्रकरणमा प्रहरीले आइतबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको विषयमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूमाथि प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको आरोप छ। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रकरणका आरोपित सबैलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।

नक्कली शरणार्थी प्रकरण : खाणसहित १२ जनालाई ४ दिनको म्याद थप

अदालतबाट बाहिरिँदै बालकृष्ण खाणले भने : म संलग्न छैन

खाण हिरासतमा, श्रीमती मञ्जु अस्ट्रेलियामा

प्रकाशित: ३१ वैशाख २०८० २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =