जेल चलान भएसँगै टोपबहादुरको सांसद पद निलम्बनमा

हिमाल प्रेस १ असार २०८० १८:४५
46
SHARES
जेल चलान भएसँगै टोपबहादुरको सांसद पद निलम्बनमा

काठमाडौँ- नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त रायमाझीलाई अदालतले शुक्रबार चेल चलान गर्ने आदेश सुनाएसँगै उनको सांसद पद निलम्बनमा परेको हो।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ मा फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने उल्लेख छ।  निलम्बनमा परेसँगै रायमाझीले सांसदको हैसियतमा पाउँदै आएको सेवा सुविधा पनि कटौती भएको छ। अब अदालतमा हुने बहसमा उनीमाथि अहिले लागेको अभियोग प्रमाणित भए उनको पद नै जानेछ।

‘प्रचलित कानुन बमाेजिम तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पूर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन,’ प्रतिनिधिसभा नियमावली नियम १४८ को उपनियम (३) मा उल्लेख छ, ‘साथै त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमीक, सेवा सुविधासमेत स्थगित हुनेछ। उपनियम (३) बमोजिम पक्राउ भएको कुनै सदस्यले सफाई पाएमा वा थुनामुक्त भएमा निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई तत्काल दिने र अधिवेशन चालु नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशित गर्नुपर्नेछ। सभामुखको सूचनापछि मात्रै कुनै सदस्यको निलम्वन फुकुवा भएमा निजको स्थगित भएको पारिश्रमिक,सेवा सुविधा सुरु हुनेछ।’

प्रकाशित: १ असार २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =