उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई हिरासतमा राख्न तीन दिनको म्याद थप

हिमाल प्रेस २० वैशाख २०८० १६:४२
16
SHARES
उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई हिरासतमा राख्न तीन दिनको म्याद थप टेकनारायण पाण्डे

काठमाडौँ- नक्कली शरणार्थी खडा गरी नेपालीलाई ठगेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध म्याद थपेर अनुसन्धा‍न अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणमा मुछिएपछि पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो। यसअघि यही प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि पक्राउ गरी चार दिनको म्याद थप गरी अनुसन्धान जारी छ।

प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। त्यस्तै पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। बादलका सुरक्षा सल्लाहका राईका छोरा निजरलाई पनि पक्राउ गर्न पुर्जी जारी भइसकेको छ।

प्रहरीले यही प्रकरणमा सात जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूकै बयानका आधारमा आज थप व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: २० वैशाख २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =