सरकारको स्थायित्वभन्दा मन्त्रालय महत्त्वपूर्ण होइन : उपेन्द्र यादव

हिमाल प्रेस १९ वैशाख २०८० १३:५८
4
SHARES
सरकारको स्थायित्वभन्दा मन्त्रालय महत्त्वपूर्ण होइन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अस्थिरताले लोकतन्त्र कमजोर बनाउने बताएका छन्। मंगलबार सांसद पदको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको स्थायित्व महत्त्वपूर्ण विषय भएको बताएका हुन्।

‘सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्नेमा पक्षमा छौँ,’ उनले भने, ‘अस्थिरताले कसैको हित गर्दैन, लोकतन्त्रलाई कमजोर बनाउँछ, जनतामा वितृष्णा जाग्ने स्थिति हुन्छ।’

उनले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन्। जसपाबाट एक जना मन्त्री जाने बताए पनि आफू जानेबारे भने उनले खुलाएनन्। ‘सरकारको स्थायित्वभन्दा मन्त्रालय महत्त्वपूर्ण होइन, कसलाई पठाउने पार्टीले निर्णय गर्छ,’ उनले भने।

प्रकाशित: १९ वैशाख २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =