रास्वपाले गठन गर्‍यो ३६ विभाग, नामावलीसहित

हिमाल प्रेस १८ वैशाख २०८० १६:४६
16
SHARES
रास्वपाले गठन गर्‍यो ३६ विभाग, नामावलीसहित

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ३६ वटा विभाग गठन गरेको छ। पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकले विभाग गठन गरी त्यसको नेतृत्व चयन गरेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकले सरकारलाई पार्टीको समर्थन यथावत् राख्ने निर्णय गरेको उनले बताए।

कुन विभागमा को?

मुकुल ढकाल : नीति तथा विचार विभाग र प्रशिक्षण विभाग

कविन्द्र बुर्लाकोटी : संगठन

विपिन आचार्य : अभियान तथा प्रचार

शिशिर खनाल :अन्तर्राष्ट्रिय सम्बन्ध

डोलप्रसाद अर्याल : प्रवास नेपाली सम्पर्क

कुसुम महर्जन : मानवीय विकास प्रवर्द्धन

विष्णु श्रेष्ठ : केन्द्रीय आरएटी

खुस्बु सरकार श्रेष्ठ : नेतृत्व क्षमता तथा मानव संशाधन विकास

दीपक बोहरा : जनसम्पर्क

हरि ढकाल : भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन

लिमा अधिकारी : आर्थिक व्यवस्थापन

डा‍. चन्द्रा कार्की : गुनासो व्यवस्थापन

डा. अरनिको पाँडे : विकास योजना तथा नीति तर्जुमा

मनीष झा : तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण विभाग र सार्वजनिक लेखा समीक्षा

गणेश कार्की : विधेयक मन्थन

अर्जुन अधिकारी : गैरआवासीय नेपाली सम्पर्क

सोविता गौतम : कानुन तथा न्याय

डा. स्वर्णिम वाग्लेला : अर्थ नीति

सुमना श्रेष्ठ : शिक्षा विभाग र विज्ञान, सञ्चार तथा सूचना प्रविधि

डा. तोसिमा कार्की : स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद

अशोक चौधरी : कृषि विभाग र सहकारी

शिशिर खनाल : पर्यटन तथा संस्कृति

विराजभक्त श्रेष्ठ : मुद्रा तथा पुँजीबजार

गणेश पराजुली : उद्योग तथा वाणिज्य

असिम शाह : श्रम तथा उपभोक्ता हित

शिव नेपाली : यातायात

निशा डाँगी : पूर्वाधार विकास अनुगमन

सन्तोष परियार : मानवअधिकार

विनिता कठायत : वन, वातावरण तथा प्राकृतिक स्रोत साधन

लक्ष्मी तिवारी : महिला तथा सामाजिक विकास

प्रकाशित: १८ वैशाख २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =