कमर्सियल गाडीका लागि किफायती बन्दै ‘एक्साइड एक्सप्रेस ब्याट्री’

हिमाल प्रेस १८ वैशाख २०८० १६:४२
2
SHARE
कमर्सियल गाडीका लागि किफायती बन्दै ‘एक्साइड एक्सप्रेस ब्याट्री’

काठमाडौँ- पिकअप, ट्रक, टिप्पर, बसलगायतका कमर्सियल गाडीका ‘एक्साइड एक्सप्रेस ब्याट्री’ किफायती बनिरहेकाे कम्पनीले बताएको छ। उच्च प्रविधिबाट बनेको एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा कमर्सियल गाडीका लागि किफायती बन्दै गएको यसको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ कम्पनीको दाबी छ।

कम्पनीले नेपाली बजारमा ठूला गाडीहरूमा पनि प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री बिक्रीवितरण गर्दै आएको छ। बिक्री सुरु भएको छोटो समयमा नै गाडी व्यवसायीहरूबाट राम्रो प्रतिक्रिया पाएकाले कमर्सियल गाडीका लागि किफायती बन्दै गएकाे दाबी गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ सहन सक्ने क्षमता छ। ‘विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ। म्याजिक आईको विशेषताका कारण ब्याट्रीको चार्जिङ अवस्था बाहिरैबाट हेर्न मिल्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुँदैछ।’

उक्त ब्याट्री एक्साइडको नेपालभर रहेका डिलरमार्फत खरिद गर्न सकिने सिप्रदीले बताएको छ। ग्राहकले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री पनि लिन पाउने कम्पनीको भनाइ छ।

प्रकाशित: १८ वैशाख २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =