सन्दीपको अलराउन्ड प्रदर्शनमा जोगियो नेपाल

हिमाल प्रेस १४ वैशाख २०८० १५:५५
22
SHARES
सन्दीपको अलराउन्ड प्रदर्शनमा जोगियो नेपाल

काठमाडौँ- सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले एसीसी प्रिमियर कपमा कतारलाई ६८ रनले पराजित गरेको छ। सर्वाधिक पाँच विकेट लिएका सन्दीप रन बनाउने मामलामा पनि साथी ब्याट्सम्यानहरूभन्दा अघि रहे।

यो जितपछि नेपाल समूह ‘ए’ को बन्यो। चार खेलबाट सात अंक बटुलेर समूह विजेता बनेको नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेताको सामना गर्नेछ। दुवै सेमिफाइनल खेल शनिबार हुनेछन्।

समूह ‘बी’ मा हाल संयुक्त अरब इमिरेट्स यूएई ६ अंकसहित शीर्षस्थानमा छ। हङकङ र कुवेत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यी दुई टिमबीच मूलपानी मैदानमा खेल जारी छ। यो खेलको नतिजाले समूह ‘बी’ को विजेताको निक्र्योल गर्नेछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाएर अलआउट भएको थियो। कतारलाई सस्तोमा समेट्न सन्दीपले १४ रन खर्चिएर पाँच विकेट हात पारे। त्यसैगरी ललित राजवंशीको नाममा तीन विकेट रह्यो।

प्रिमियर कपमा एकै खेल नजितेको कतारका लागि जम्मा तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर गरे। जहिर इब्राहिम र खुराम शाहजादले १५–१४ रन बनाए। त्यसैगरी अमिर फरुकले १४ रन जोडे। बाँकी ब्याट्सम्यानले भने निराशाजनक ब्याटिङ गरे।

त्यसअघि नेपालले कमजोर कतारविरुद्ध कमजोर ब्याटिङ गरेको थियो। टस हारेर ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो।

घरेलु मैदानमा नेपालका कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीपूर्वक इनिङ्स सम्हाल्न सकेका थिएनन्। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि तीन रनको साझेदारी गर्नसके। कुशल दुई र आशिफ १९ रनमा आउट भएका थिए।

चार ओभर सकिँदा नेपाल १४÷२ को स्थितिमा थियो। कुशल आउट भएपछि ब्याटिङ गरेका भीम शार्की ६ रनमा समेटिए। १३ औँ ओभरमा आशिफ शेखलाई गुमाउँदा नेपालले ५७ रन मात्र बनाउन सकेको थियो।

२६ ओभरको समाप्तिमा एक सय रन पूरा गर्दा नेपालले ६ विकेट गुमाइसकेको थियो। २७ औँ ओभरको दोस्रो बलमा आरिफ शेख आउट। त्यही ओभरमा दीपेन्द्रसिंह ऐरी पनि आउट।

सन्दीप लामिछानेले बनाएको ४२ रन नेपालका लागि सर्वाधिक स्कोर रह्यो। जुन उनले आफ्नो करियरमै बनाएको उच्च रन हो। उनले १११÷९ को स्थितिमा रहेको नेपाललाई १५७ रनसम्म पु¥याए। त्यसअघि कुशल मल्ल तीन, सोमपाल कामी र आरिफ ११–११ र गुल्शन झा सात रनमा आउट भएका थिए।

बलिङतर्फ कतारका अमिर फारुखले चार र ओवास एहम्मदले तीन विकेट हात पारे। त्यसैगरी गायान मुनाविरा र इक्रामुल्लह खानले त्रमशः दुई तथा एक विकेट लिए।

प्रकाशित: १४ वैशाख २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =