उपनिर्वाचन : तनहुँमा ४५ र चितवनमा ४८ प्रतिशत मत खस्यो

हिमाल प्रेस १० वैशाख २०८० १४:२८
8
SHARES
उपनिर्वाचन : तनहुँमा ४५ र चितवनमा ४८ प्रतिशत मत खस्यो

काठमाडौँ- उपनिर्वाचनअन्तर्गत चितवन, तनहुँ र बारा सबै क्षेत्रमा अहिले मतदान जारी छ। तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद अधिकारीका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।

मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।

त्यस्तै चितवन क्षेत्र नम्बर २ मा हालसम्म ४८ प्रतिशत मत खसेको छ। यहाँबाट मंसिर ४ मा निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा पद खारेज भएपछि आज निर्वाचन भएको हो।

प्रकाशित: १० वैशाख २०८० १४:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =