मिटरब्याजीपीडितहरूलाई अरू कसैले परिचालन गरिरहेको छ : माधव नेपाल

हिमाल प्रेस ९ वैशाख २०८० १५:५०
6
SHARES
मिटरब्याजीपीडितहरूलाई अरू कसैले परिचालन गरिरहेको छ : माधव नेपाल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको उनको भनाइ छ। आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरू आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरूलाई परिचालन गरी अर्को कसैले कम्युनिष्ट सरकारबिरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको उनले आरोप लगाए।

‘मैले आउँदै गर्दा मिटरब्याजीपीडितहरू सिंहदरबारअगाडि आएर धर्नामा बसेको देखेँ, सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्न जरुरी छ। हामीले किन बुझाउन सकेका छैनौँ। छानबिन र दण्ड गर्नेकुरा भइसकेपछि पनि किन हामीले बुझाउन सकेका छैनौं,’ उनले भने।

प्रकाशित: ९ वैशाख २०८० १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =