चितवनमा सवारी दुर्घटना : स्कुटर चालकको मृत्यु

हिमाल प्रेस ८ वैशाख २०८० १६:०१
6
SHARES
चितवनमा सवारी दुर्घटना : स्कुटर चालकको मृत्यु

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिका–१०, चौबिसकोठीमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका भरतपुर महानगरपालिका–९ बस्ने ६८ वर्षीय महेन्द्रप्रसाद पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हाकिमचोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा २ क ८३४९ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई आज बिहान साढे ९ बजे ठक्कर दिएको हो। ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =