सीसीटीभी जडान र सञ्चालनक लागि काठमाडौँ महानगरले दियो प्रहरीलाई ६ करोड

हिमाल प्रेस ८ वैशाख २०८० ८:१७
2
SHARE
सीसीटीभी जडान र सञ्चालनक लागि काठमाडौँ महानगरले दियो प्रहरीलाई ६ करोड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा (सीसीटीभी) जडानको सुरुवात भएको बताए।

शुक्रबार बिहान सामाजिक सञ्जालमा मेयर शाहले भने, ‘चुनाब पहिले मैले भनेको थिए चोक चोकमा (सीसीटीभी) हाल्नेछु, यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ।’

सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनले बताए।

‘सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौँ। यो सुरुवात मात्र हो। हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ,’ मेयर शाहले लेखेका छन्।

प्रकाशित: ८ वैशाख २०८० ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =