काठमाडौँ महानगरभित्रका विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

हिमाल प्रेस ३ चैत २०८० १८:२०
60
SHARES
काठमाडौँ महानगरभित्रका विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ।

महानगरपालिकाको शिक्षा विभाग नि.प्रमुख सरस्वती पोखरेलले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई शुक्रबार पत्र पठाएकी छन्।

सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने बताइएकाे छ। विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको महानगरपालिकाले जनाएको छ।

पत्रमा भनिएकाे छ,‘काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कतिपय सामुदायिक विद्यालयले विद्यालयको भवन र हाताभित्र रहेको सटर भाडामा लगाउँदै आएका र कतिपय सटरको नक्सा पाससमेत नभएको अनुगमनको क्रममा देखिएकाले विद्यालयको भवन हाताभित्र भएका सटरहरुको भाडा सम्झौताको म्याद समाप्त भएको भए म्याद थपका लागि नविकरण नगर्नु नगराउनु हुन अनुरोध छ।’

प्रकाशित: ३ चैत २०८० १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =