एमाले फर्किए जंगली, मुख्यमन्त्रीले गरे स्वागत

हिमाल प्रेस ६ वैशाख २०८० ६:५१
8
SHARES
एमाले फर्किए जंगली, मुख्यमन्त्रीले गरे स्वागत

काठमाडौँ- केही समयअघि मात्रै नेकपा एकीकृत समाजवादी पार्टी छाडेका चुडामणि जंगली नेकपा एमालेमा प्रवेश गरेका छन्।

गत फागुन १२ गते समाजवादी छाड्न राजीनामा दिएका जंगली मंगलबार एमालेमा प्रवेश गरेका हुन्। जंगली र उपाध्यक्ष केदार न्यौपानेको राजीनामा समाजवादीले फागुन १४ गते स्वीकृत गरेको थियो।

जंगलीलाई मंगलबार एमालेका संगठन विभाग प्रमुख तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टीमा स्वागत गरे।

संविधानसभा सदस्य भइसकेका जंगलीसहित ३० जना कार्यकर्तालाई अधिकारीले एमालेमा स्वागत गरे। माधव नेपालको नेतृत्वमाथि प्रश्न गरेको भन्दै जंगलीलाई समाजवादीले स्पष्टीकरण सोधेको थियो।

 

 

प्रकाशित: ६ वैशाख २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =