सरकारलाई लिङ्देनको प्रश्न, निमुखामाथि किन आक्रमण?

हिमाल प्रेस ५ वैशाख २०८० १४:५४
2
SHARE
सरकारलाई लिङ्देनको प्रश्न, निमुखामाथि किन आक्रमण?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याजपीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको मंगलबार आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याजपीडितहरुको माग सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सनासमेत गरे।

गरिब र निमुखा मानिसमाथि किन आक्रमण गर्नुपरेको भनी सरकारलाई अध्यक्ष लिङ्देनले प्रश्नसमेत गरे। उनले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए।

अध्यक्ष लिङ्देनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन। कसैले पनि हेपिनु पर्दैन। राज्य अभिभावकका रूपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका  मिटरब्याजपीडितहरूलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ। त्यसको म निन्दा र भर्त्सना गर्न चाहन्छु।’ अध्यक्ष लिङ्दनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

प्रकाशित: ५ वैशाख २०८० १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =