मुगुमा सत्तरी वर्षका वृद्धले गरे अदालती विवाह

हिमाल प्रेस ३ वैशाख २०८० १६:२८
28
SHARES
मुगुमा सत्तरी वर्षका वृद्धले गरे अदालती विवाह

मुगु– मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएको मुगुमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो।

सोरु गाँउपालिका-७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका-४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आइतबार जिल्ला अदालत मुगुमा विवाह भएको हो। आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताइन्।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे। न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए।

काफ्लेकी श्रीमतीको ०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन्। दुवै जनाको सहमति र साक्षीहरूको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए। सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको छ।

प्रकाशित: ३ वैशाख २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =