मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

हिमाल प्रेस २५ भदौ २०८० १३:२६
12
SHARES
मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

काठमाडौँ– मुगुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले कालिकोट–जुम्ला ३३ केभी प्रसारण लाइनलाई नाग्ममा ‘ट्यापिङ’ गरी ८५ किलोमिटर लाइन निर्माण गरेर मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्‍याएको हो।

प्राधिकरणले आइतबारदेखि गमगडीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरुवात गरेको छ । यसअघि प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो।

मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ। हुम्लामा राष्ट्रिय प्रसारण लाइन जोड्न बाँकी छ। हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पु¥याउन ठेक्का सम्झौता सम्पन्न भई ‘सर्वे’ भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत् समयसमयमा बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान भएको बताए।

मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन्। गत वर्षको असोजमा आएकोे भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो।

प्राधिकरणले तत्कालै ‘डिजेल जेनेरेटर’ जडान गरी विद्युत् आपूर्ति दिएको थियो। भारी वर्षासँगै आएको बाढीपहिरोले छायानाथ रारा नगरपालिका–४ स्थित विद्युत् गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो।

प्रकाशित: २५ भदौ २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =